काठमाण्डौ । हरेक मानिसको आफ्नो योग्यताअनुसारको जागिर खोज्ने र आफू तथा आफ्नो परिवारका लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ। तर, सबैले आफूले सोचेजस्तो र आफ्नो योग्यताअनुसारको जागिर पाउन सकेका हुँदैनन्। 

नेपालमा एउटा त्यस्तो रोजगारदाता पनि छ, जसले जागिर लगाइदिएमार्फत एक रुपैयाँ पनि शुल्क लिँदैन। त्यतिमात्र हैन जागिर खोज्न र सीभी बनाउन पनि कुनै शुल्क लिँदैन र यसले प्रदान गर्ने सम्पूर्ण रोजगारी नेपाल सरकारले तोकेको न्युनतम मापदण्डअनुसारको हुने गर्छ। 

उक्त संस्था हो, कुमारी जब। देशमा विद्यमान रोजगारीसम्बन्धी समस्यालाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्यले सन् २०१४ मा सन्देश भण्डारीले कुमारी जबको स्थापना गरेका हुन्। 

मिलनसार, अनुभवी, दक्ष, एवं सक्रिय र युवा कर्मचारीहरु संलग्न यस संस्थामा अधिकांश महिला कर्मचारीहरु कार्यरत छन्। यस्तै कारणहरुले गर्दा स्थापनाको छोटो अवधिमै कुमारी जब नम्बर एक रोजगारदाता कम्पनी हुन सफल भएको छ। 

कुमारी जबमा एन्ट्री लेभलदेखि सिनियर लेभलसम्मका काम सजिलै पाइन्छन्। यसमा १ हजारजनाले दैनिक अप्लाई गर्ने गर्दछन्। जसमा एक महिनामा ५०० भन्दा बढीले रोजगारी प्राप्त गरेका छन्। 

कुमारी जबमा दर्ता भएका लाखौँ उम्मेदवारहरुमध्ये ७०% भन्दा बढी अहिले राम्रो संघसंस्थाहरुमा कार्यरत छन्। हाल कुमारी जबसँग एसियन पेन्ट्स, बर्जर पेन्ट्स, चौधरी ग्रुप,सामसङ, पेप्सीलगायत अन्य बहु–राष्ट्रिय संस्थाहरु; पञ्चकन्या ग्रुप, विशाल ग्रुप, आइएमएस ग्रुप, गोल्छा ग्रुप, ज्योति ग्रुप, गोएन्का ग्रुप, लक्ष्मी ग्रुप लगायत अन्य ग्रुप अफ कम्पनिज; भायानेट, वल्र्ड लिंक, सिजीजस्ता इन्टरनेट सेवा प्रदायकहरु एवं थुप्रै एनजीओ र आईएनजीओहरु आबद्ध छन्। यसका साथै यस संस्थासँग एफवान सफ्ट, फुडमान्डु, टाइगर प्यालेस, हुलास, साथीमार्ट, केएल दुगर, एमभि दुगरजस्ता थुप्रै प्रतिष्ठित संस्था पनि आबद्ध छन्। 

कुमारी जबमा अकाउन्टिङ, सेल्स र मार्केटिङदेखि लिएर आईटी र टेलिकम्युनिकेसन तथा एनजीओ र आईएनजीओहरुका लागि पनि प्रशस्तै अवसरहरु आइरहन्छन्। 

संस्थाले रिक्रुटमेन्ट (भर्ती), जब पोस्टिङ, पेरोल आउटसोर्स, तालिमलगायत सबै प्रकारका मानव संशाधनसम्बन्धी सेवा प्रदान गर्छ। रोजगारीको खोजीमा रहेका उम्मेदवार र रोजगारदाताहरुबीच सिधा सम्पर्क गर्नको निम्ती रिक्रुटिङका लागि सर्वोत्कृष्ट माध्यम, प्रविधि र प्ल्याट्फर्म बनाउँदै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई विश्वव्यापी रोजगार प्रदायक हुने लक्ष्य कम्पनीले लिएको छ।