काठमाण्डौ । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परी आफ्नो ग्राहक सेवा केन्द्रलाई चौबीसै घन्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरी सुरुआत गरेको छ। 

बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधासहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको बैंकले ग्राहकलाई मध्यनजर गर्दै यसअघि सीमित अवधिका लागि सञ्चालन गरिरहेकोे यो सेवा अब हरेक चौबीसै घन्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। ग्राहक सेवा केन्द्रले ग्राहकलाई परेको समस्याको समाधान बैंकको  औपचारिक सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत सुविधा दिँदै आइरहेको छ।  

बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ। ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरी आफूलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन्। जसबाट ग्राहकले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सूचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्ने, क्यूआर कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।  

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।