काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले विद्युतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिँदै आफ्ना ग्राहकका लागि Okinawa ब्रान्डको इलेक्ट्रोनिक स्कुटर  0% EMI मा पाउने व्यवस्था गरेको छ।

माछापुच्छ्रे बैंकले BHC International Pvt.Ltd. सँग सम्झौता गरी बैंकको Instapay सुविधामार्फत इलेक्ट्रोनिक Okinawa  Scooter 0 % EMI मा पाउने व्यवस्था गरेको हो। उक्त सम्झौतापत्रमा BHC International का तर्फबाट  प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले हस्ताक्षर गरेका छन्। 

पेट्रोलियम पदार्थको खपत बढिरहेको र आयात कम भइरहेको अहिलेको परिवेशमा विद्युतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्देश्य एवं वतावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो। 

BHC International सँगको सम्झौतापछि बैंकका ग्राहकले ६ देखि  १८ महिनासम्मका लागि 0% EMI मा Instapay मार्फत Okinawa ब्रान्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन्।  बैंकका ग्राहकले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन्। यसका साथै बैंकको क्रेडिट कार्ड नभएका ग्राहकले अनलाइनमार्फत कार्डका लागि आवेदन दिन सक्नेछन्। हाललाई यो सुविधा BHC International को नेपालस्थित सबै शोरुममार्फत प्रदान गरिनेछ। 

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार–व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ। 

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ बटा शाखा र १६५ शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३३७ स्थानबाट १३ लाखभन्दा बढी ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बैंकको देशभर २०५ वटा एटीएम सञ्चालनमा रहेका छन्।