काठमाण्डौ। डेनमार्क कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वको पहिलो देश बनेको छ।

डेनमार्कले कोरोना महामारी नियन्त्रणमा आएकाले खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ। 

‘वसन्त ऋतुको आगमन भएको छ, डेनमार्कको जनसंख्यामा खोपको कभरेज उच्च छ र महामारी उल्टिएको छ’, डेनमार्कको स्वास्थ्य प्राधिकरणले भनेको छ, ‘त्यसैले यो सिजनका लागि हामीले खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेकहा छौँ।’ 

डेनमार्कमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन् २०२० को क्रिसमसपश्चात थालनी भएको थियो। डेनमार्कमा करिब ४८ लाख जनसंख्यालाई कारोनाविरुद्धको खोप लगाइएको छ। यसमध्ये ३६ लाखजनाले बुस्टर डोज लगाएका छन्। –एजेन्सी