काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ एकैदिन तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।