काठमाण्डौ। विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले ग्राहकलाई विशिष्ट सेवा प्रदान गर्न लागिपरेको छ।

भिभोले आफ्नो ग्राहक केन्द्रित पहलअन्तर्गत प्रत्येक महिना २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ मनाउँदै आइरहेको छ। यसमा ग्राहकले एक्सेसरिज खरिदमा विशेष छुटको लाभ लिन सक्नेछन्। कम्पनीले यस प्रभावकारी पहलमार्फत सहज रुपमा सबैभन्दा ठूलो समाधान प्रदान गर्दै प्रयोगकर्ताको मन जित्न सफल भएको छ। 

ग्राहकले निःशुल्क स्मार्टफोन सर्भिसिङ र क्लिनिङ, शून्य श्रम लागतमा मर्मत, हार्डवेयरमा समस्या आएमा ३० दिनको एक्सचेन्ज अफर, निःशुल्क प्रोटेक्टिभ फिल्म, फ्री ओएस अपडेट लगायत निःशुल्क सेवा लिन सक्नेछन्। यसबाहेक ग्राहकले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा तथा नीति पनि दाबी गर्न सक्छन्। 

भिभोले ग्राहकलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६–महिनाको वारेन्टी, पार्ट्सको सशुल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६–महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोले ग्राहक केन्द्रित र जिम्मेवार ब्रान्डका रुपमा आफ्ना प्रयोगकर्तालाई झन्झटमुक्त खरिद अनुभव प्रदान गर्दै ग्राहक सुरक्षा र सुविधा सुनिश्चित गर्न निरन्तर रुपमा काम गर्दै आइरहेको छ। उपभोक्ताले विगतमा हाम्रा पहललाई सकारात्मक प्रतिक्रिया दिएका छन् र हामी नेपालमा भिभो स्मार्टफोन प्रयोगकर्ताका लागि विशिष्ट अनुभव सिर्जना गर्न सक्षम भएकोमा खुसी छौँ। हामीले हाम्रा उत्पादन र सेवा उपभोक्तालाई चाँडोभन्दा चाँडो डेलिभर गर्ने र तिनका प्रश्नहरुलाई छिटोभन्दा छिटो समाधान गर्ने लक्ष्य राखेका छौँ। ता कि प्रयोगकर्ताले हाम्रा अर्थपूर्ण, नवीन उत्पादन र मूल्य अभिवृद्धि सेवाबाट लाभान्वित हुन सकुन्। भिभोले ग्राहकलाई हरेक सुख–दुःखमा समर्थन गर्दै उनीहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ।’

ब्रान्डले खरिद अघि र पछि प्रयोगकर्तालाई सान्दर्भिक जानकारी प्रदान गर्दै आफ्नो बिक्रीपछि सेवाहरुमार्फत स्थानीय उपभोक्तालाई नवीनतम उत्पादन र सुविधाका बारेमा जानकारी दिने प्रयास गर्दछ। 

भिभोले काठमाण्डौ, नारायणघाट, पोखरा र इटहरीमा रहेका आफ्ना ४ शाखामार्फत राष्ट्रियस्तरका ग्राहकमाझ पुगेर नेपालमा ग्राहक सम्पर्कलाई रणनीतिक रुपमा सुदृढ गरेको छ। भौगोलिक सीमितताहरु पार गरेर भिभोले आफ्ना ग्राहकलाई देशभर उपलब्ध गराउन सक्षम भएको छ। अत्याधुनिक सुविधा र उपकरणले सुसज्जित सेवा केन्द्रहरुले ग्राहकलाई झन्झटमुक्त खरिद र बिक्रीपछि सेवा अनुभव सुनिश्चित गर्छ।