काठमाण्डौ । निर्वाचन कार्यालयले काठमाण्डौ महानगरपालिकाको दोश्रो मतपरिणाम औपचारिक घोषणा गरेको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाण्डौका ५ वटा वडामा २ हजार २९० मत गणना भएको छ । जसमध्ये वडानम्बर ३२ मा ७०० मत गणना भएको छ भने वडानम्बर १ मा ७१०, ३ मा २००, २ मा ४८० र ४ नम्बर वडामा २०० मत गणना भइसकेको छ । 

निर्वाचन कार्यालयका अनुसार काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन शाहले ७६७ मत प्राप्त गरेका छन् । उनलाई एमालेका केशव स्थापितले ५५० मतसहित पछ्याइरहेका छन्। 

कांग्रेसकी सिर्जना सिंहले ४२१ प्राप्त गरेकी छिन् भने राप्रपाले १०५ मत प्राप्त गरेको छ । 

उपमेयरमा भने एमालेकी सुनिता डंगोल लोकप्रिय मतसहित अगाडि रहेकी छिन् । उनले कुल गणना भएको मतको ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेकी छिन् । उनले ९२० मत प्राप्त गरेकी हुन् । 

यसरी हेर्दा एमालेका मेयरका उम्मेद्वार केशव स्थापितभन्दा डंगोलको मत ३७० बढी आएको छ । 

उपमेयरमा राप्रपाले २०८, माओवादी केन्द्रले २, नेकपा एसले ४६, स्वतन्त्र उम्मेद्वारले ११० मत पाएका छन् ।