काठमाण्डौ । संयुक्त राष्ट्रसंघले आगामी महिना विश्वले खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले खाद्यान्न संकट झनै बढाएको बताएका छन्। ‘मूल्यवृद्धि भएको छर यसको असर गरिब देशहरुमा सबैभन्दा बढी परेको छ’, उनले भने।
गुटेर्रेसले आफ्नो सम्बोधनमा युक्रेनको खाद्यान्न निर्यातलाई आक्रमणअघिको स्तरमा पुर्याउन नसके विश्वले धेरै वर्षसम्म भोकमरीको सामना गर्नुपर्ने बताए।
रुसको आक्रमणका कारण युक्रेनको बन्दरगाह पनि नराम्ररी प्रभावित भएको छर यसले खाद्यान्न निर्यातमा असर गरेको छ। युक्रेनले ठूलो परिमाणमा खाद्य तेल, मकैर गहुँजस्ता धेरै अन्न निर्यात गर्ने गर्दथ्यो।
युक्रेनको निर्यातमा आएको गिरावटले विश्वव्यापी आपूर्तिमा कमी आएको छर यसको विकल्पको मूल्य द्रुतगतिमा बढेको छ। संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षका सोही अवधिको तुलनामा विश्व खाद्यान्नको मूल्य करिब ३० प्रतिशतले बढेको छ।
41 minutes ago
53 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
15 hours ago
15 hours ago