काठमाण्डौ । भारतीय कार निर्माता कम्पनी महिन्द्राले एक्सयूभी३००को इलेक्ट्रिक भर्जन एसयूभी लन्च गर्ने घोषणा गरेको छ। यो कारलाई सन् २०२३ को पहिलो त्रैमासमा लन्च गरिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले आगामी अगस्टमा आफ्नो इलेक्ट्रिक भेइकल बिजनेश प्लान र ईभि कन्सेप्ट‘बोर्न इलेक्ट्रिक भिजन’सार्वजनिक गर्ने घोषणा गरेको छ। 

कम्पनीले ल्याउन लागेको एक्सयूभी३०० इलेक्ट्रिक भर्जन ४ मिटर वाला बेस मोडलको तुलनामा ४.२ मिटर लामो हुनेछ। एक्यूभी३०० इलेक्ट्रिक एसयूभीलाई महिन्द्रा इलेक्ट्रिक स्केलेबल र मोड्युलर आर्किटेक्चरमा डिजाइन गरिँदैछ। जुन ब्रान्डको पहिलो प्रोडक्सन मोडल हो। यसमा एक्सटेरियर फिचर्सका लागि एउटा नयाँ हेडलाइट, नयाँ डिजाइन गरिएको फगल्याम्प र फग ल्याम्प हाउसिङ उपलब्ध हुनेछ। 

यस्तै यसमा अन्य इलेक्ट्रिक कारको जस्तै एउटा बन्द ग्रिल र नयाँ अलाय ह्विल पनि प्रदान गरिनेछ। 

यो इलेक्ट्रिक एसयूभीमा ३५० भोल्टको ब्याट्री पावर दिइएको छ। जसमा पछि ३८० भोल्ट भर्जन पनि हुने विश्वास गरिएको छ। ब्याट्रीको रेन्जको कुरा गर्दा यसमा पनि एक्सयूभी३००को दुईवटा रेन्ज अप्सनमा लन्च गरिने सम्भावना रहेको छ। एक्सयूभी३०० इलेक्ट्रिक सिंगल चार्जमा २५० देखि ३०० किलोमिटर प्रतिघन्टाको रेन्ज दिन सक्छ। 

एक्सयूभी३००को अल इलेक्ट्रिक भर्जनको मूल्य १३ लाख भारतीय रुपैयाँभन्दा बढी हुने सम्भावना रहेको छ। –एजेन्सी