काठमाण्डौ । पूर्वसहमतिमा कुनै अवरोध आएन भने नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच आज मर्जर सम्झौता हुँदैछ।
आज अपराह्न कुनै समयमा दुई बैंक सञ्चालक, सेयरधनी र उच्च व्यवस्थापनका कर्मचारीहरुको मात्र सहभागितामा मर्जरको प्रारम्भिक सम्झौता (एमओयू) हुने नेपाल इन्भेस्टमेन्ट बैंकका एक सञ्चालक बताए।
मर्जरको एमओयू हस्ताक्षर गर्नुअघि दुवै बैंकले सञ्चालक समितिको बैठक डाकेका छन्।
यो समाचार तयार पर्दा मेगा बैंकको सञ्चालक समितिको बैठक बसिरहेको छ। बैठकस्थलबाट बिजशालासँग कुरा गर्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बोर्डमा सहमति भए आजै मर्जर सम्झौतामा हस्ताक्षर हुने बताए।
उता इन्भेस्टमेन्ट बैंकले पनि केही समयपछिका लागि बोर्ड बैठक डोकेको छ। यो बैंकको बोर्ड बैठकमा मेगालाई मर्जर गर्ने विषयमा लगभग विमति छैन।
प्रारम्भिक समझदारीअनुसार इन्भेस्टमेन्ट बैंकले मेगा बैंकलाई १००ः९० को सेयर स्वाप अनुपातमा मर्ज गर्न खोजेको हो। मर्जरपछि बन्ने बैंकको नाम दुवैको बोर्ड बैठकले टुंग्याउनेछ।
मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे रहने मोटामोटी सहमति भइसकेको छ। तर, मेगा बैंकका सञ्चालकहरुले अध्यक्ष र सीईओ दुवै इन्भेस्टमेन्ट बैंकलाई दिइएको विषयमा चित्त नबुझाउने जोखिम आउन सक्छ।
प्रस्तावित स्वापअनुसार इन्भेस्मेन्ट र मेगा मर्ज भएमा पुँजीको हिसाबले मर्जरपछि बन्ने बैंक देशकै सबैभन्दा ठूलो वित्तीय संस्थाका रुपमा स्थापित हुनेछ।
आर्ज मर्जर सम्झौता भएमा हिमालयन बैंकसँगको मर्जर अन्तिम अवस्थामा भाँडिएपछि अप्ठ्यारोमा परेको इन्भेस्टमेन्ट बैंकलाई राहात हुनेछ भने नेपाल राष्ट्र बैंकले गरेको कारबाहीसमेत फिर्ता हुनेछ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago