काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२१ स्थित पुल्चोक एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रुपमा परिणत गरी आज कारोबार सुरुआत गरेको छ।

संस्थाको शाखा कार्यालय थप भएपछि १७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन्। यो फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले स्थापना गरिएको नयाँ शाखाबाट ललितपुर महानगरमा बसोबास गर्ने सर्वसाधारणहरुको घरदैलोमा नै पुग्ने गरी आधुनिक प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। 

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेट पे, सी–आस्बा, आरटीजीएसलगायत आधुनिक प्रविधिमा आधारित सबै प्रकारका डीजीटल बैंकिङ तथा रेमिट्यान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले निकट भविष्यमा डिम्याट तथा लकर सुविधासमेत सञ्चालन गर्ने तयारी गरेको छ। 

फाइनान्सले आगामी दिनमा देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरुमा थप शाखाहरु स्थापना गरी वित्तीय सेवा प्रवाहलाई विस्तार गर्ने योजना बनाएको छ।