काठमाण्डौ । रियलमी, विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले आज २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरुको सार्वजनिक गरेको छ । 

विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जिटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागशिप रियलमी जिटी २ प्रो पनि सार्वजनिक भएको हो।

रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जिटी नियो २ को सफलता पछि रियलमी जिटी ३ सार्वजनिक गरेको हो भने जिटी २ प्रो ले प्रयोगकर्ताहरुले उचित फ्लागशिपबाट के आशा गर्छन भनेर नयाँपन अपनाएको छ।

जिटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हो  । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्छ ।

जिटी नियो ३ को साथसाथै, रियलमी जिटी २ प्रोे ले पेपर टेक डिजाइन र रियलमीको सुपर रियालिटी २के अमोल्ड फ्ल्याट डिस्प्लेसँगै स्वतन्त्र डिस्प्ले चिप जस्ता उत्कृष्ट फिचर,  नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक भएको छ ।

रियलमी जिटो नियो ३ 
आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्चस्तरको शक्ति, नियन्त्रण र प्रदर्शन क्षमता छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा  सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछ । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जिटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाईल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

विश्वको सबैभन्दा छिटो चार्ज गर्ने स्मार्टफोन
ब्याट्रीको सन्दर्भमा, धेरैजसो प्राविधिक पारखीहरुसँग दीर्घकालिन प्रयोगको लागि उच्च माग छ, जसको अर्थ निर्माताहरुले ब्याट्री क्षमतालाई निरन्तर सुधार गर्नुपर्छ । यद्यपि, यो मुख्य कारक होइन जब स्मार्टफोन छनोट गर्दा ब्याट्री क्षमता जति ठूलो हुन्छ, चार्जिङ समय त्यति नै लामो हुन्छ । तसर्थ, रियलमीले प्रयोगकताहरुका लागि प्रयोगको समयलाई अप्टिमाइज गर्नका लागि सधैँ सबैभन्दा आधुनिक दु्रत चार्जिङ प्रविधिको साथ आफ्नो उपकरणको अनुसन्धान र अप्टिमाइज गरेको छ । 

यही मूल्यमा अन्य उत्पादनहरु तुलना गर्दा, जिटी नियो ३ अल्ट्रा–डार्ट १५० बाट चार्जिङ टेक्नोलोजीको साथ अधिक शक्तिशाली छ, जसले प्रयोगकर्ताहरुले ५ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सक्छन् र बिना कुनै अवरोध हाई स्पीड पर्फमेन्सको आनन्द लिन सकिन्छ ।

यद्यपी, छिटो चार्ज गर्ने प्रविधिको साथमा, प्रयोगकर्ताहरुका लागि सुरक्षा ठूलो चिन्ताको विषय हो, तर जिटी नियो ३ ले यो विषयलाई स्वतन्त्र चार्जिङ चिपद्वारा समाधान गर्न सक्छ जसले जोखिमपूर्ण अवस्थामा प्लग निकाल्दछ । साथै, ३८ सुरक्षा उपायहरुसहित, यो उपकरण टियूभी राईनल्यान्डद्वारा प्रमाणित छ जसले प्रयोगकर्ताहरुको सुरक्षालाई सशक्त बनाउँछ । 

नेपालमा मूल्य
रियलमी जिटी ३ को १२/२५६ जिबी भेरियन्टको मूल्य ७७,९९९ रुपैयाँ तोकिएको छ । उपलब्ध रंगहरु नाइट्रो ब्लू र स्प्रिन्ट सेतो रङ्गमा उपलब्ध यो फोनको् प्रिबुकिङ आज दराजबाट सुरु गरिएको छ, जहाँ प्रयोगकर्ताहरूले रु ३,००० छुटको मज्जा लिन सक्छन् ।

यस्तै, रियलमी जिटी २ प्रो को १२/२५६ जिबी भेरियन्टको मूल्य रु १,०९,९९९ छ। हाललाई  कागजी सेतो रंगमा मात्र उपलब्ध छ र प्रिबुकरहरूले दराजबाट रु ४,०००  छुट प्राप्त गर्न सक्छन्।