काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल आएका छन्। 

दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उपराष्ट्रपति पुन नर्भिक इन्टरनेसनल अस्पताल आएका हुन्। 

अस्पताल आएर पुनले नियमित स्वास्थ्य जाँच गरेका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घन्टा अस्पतालमा रहेका थिए। 

उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए। 

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो । सो क्रममा उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन्।