काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी)ले ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कोषले ३० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको हो । 

शनिवार बसेको कोष सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने गरी प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ । 

अर्थमन्त्रालयको स्वीकृति र कोषको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ । 

हाल कोषको चुक्तापूँजी ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर वितरणपछि बढेर ४ अर्ब २५ करोड पुग्नेछ ।