काठमाण्डौ । इन्टरनेट हाम्रो जीवनको महत्वपूर्ण भाग बनिसकेको छ। बिनाइन्टरनेट स्मार्टफोनका धेरै स्मार्ट फिचरहरु कुनै कामका हुँदैनन्।

विशेषगरी यदि तपाइँ एक अफिसियल युजर हुनुहुन्छ, जसलाई जी–मेल एक्सेस गर्न आवश्यक छ। तपाइँ कसरी बिनाइन्टरनेट जी–मेल प्रयोग गर्न सक्नुहुन्छ ? 

तपाईं यो गर्न सक्नुहुन्छ। अर्थात् बिनाइन्टरनेट नै जी–मेल प्रयोग गर्न सकिन्छ। गुगलको मेल सर्भिस अर्थात् जी–मेलमा तपाइँले बिनाइन्टरनेट नै मेल पढ्न, जबाफ दिन र सर्च गर्न सक्नुहुन्छ।

यो सुविधालाई जी–मेल अफलाइन भनिन्छ। यस सुविधाको मद्दतले तपाइँ कमजोर इन्टरनेट वा बिनाइन्टरनेट पनि जी–मेल एक्सेस गर्न सक्नुहुन्छ। 

आउनुहोस् थाहा पाउनुहोस् कसरी यो फिचर प्रयोग गर्न सकिन्छ ? 

यसका लागि तपाइँले आफ्नो कम्प्युटरमा क्रोम सेटअप हुनुपर्छ। तपाइँ क्रोम ब्राउजरको विन्डोमा मात्र अफलाइन जी–मेल खोल्न सक्नुहुन्छ। तपाइँले इन्कग्निटो मोडमा भने यो गर्न सक्नुहुने छैन। 

यसरी सजिलै गर्न सकिन्छ गुगलको सेटिङ

सबै प्रयोगकर्ता पहिले https://mail.google.com.mail/u/0/#settings.offlineमा जानुपर्छ। यहाँ तपाइँले अफलाइन मेल इनेबल गर्नुपर्छ। अब प्रयोगकर्ताले आफ्नो रुचिअनुसार सेटिङ परिवर्तन गर्न सक्छन्। उदाहरणका लागि तपाइँले कति दिनको डेटा सिंक गर्न चाहनुहुन्छ भनेर निर्णय गर्न सक्नुहुन्छ।

प्रयोगकर्ताहरूले अब सेभ चेन्जमा क्लिक गर्नुपर्नेछ। यसो गरेपछि प्रयोगकर्ताको इनबक्स बुकमार्क हुनेछ। यसबाट तपाइँले सरल तरिकाले अनलाइन मोडमा जी–मेल एक्सेस गर्न सक्नुहुनेछ। तपाइँले अफलाइन मोडमा मेल पठाउनेबित्तिकै यसलाई आउटबक्स फोल्डरमा सारिनेछ र इन्टरनेट जडान उपलब्ध हुँदा स्वचालित रुपमा पठाइनेछ।

अफ पनि गर्न सकिन्छ 

तपाइँ पनि यस्तै तरिकाले यो सुविधा बन्द गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले https://mail.google.com/mail/u/0/#settings/offline मा जानुपर्छ। अफलाइन मोडको अगाडि देखिने बाकसलाई अनचेक गर्नुपर्छ। यसरी तपाइँले यो विशेष सुविधा बन्द गर्न सक्नुहुन्छ। –एजेन्सी