काठमाण्डौ । ह्वाट्सएप एउटा निकै लोकप्रिय म्यासेजिङ एप हो। धेरैजसो प्रयोगकर्ताले यसलाई आफ्नो प्राइमरी इन्ट्यान्ट म्यासेजिङ एपका रुपमा प्रयोग गर्छन्। यसमा धेरै यस्ता फिचर छन्, जसका बारेमा धेरैलाई थाहा छैन। 

यस्तै एउटा फिचर भनेको टाइप नगरी म्यासेज पठाउनु हो। हो, यो सम्भव छ। यसका लागि एन्ड्रोइड स्मार्टफोनमा भ्वाइस रिकग्निसन सपोर्टको मद्दत लिनुपर्छ। यसका लागि एन्ड्रोइड स्मार्टफोनमा दिइएको गुगल असिस्टेन्टको मद्दत लिनुपर्छ। यसबाट प्रयोगकर्ताले एक शब्द पनि टाइप नगरीकनै ह्वाट्सएपबाट म्यासेज पठाउन सक्नेछन्।

यसका लागि प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा गुगल असिस्टेन्ट खोल्नुपर्छ। गुगल असिस्टेन्ड खोल्न फोनमा गुगल एप खोल्नुपर्छ।

गुगल एप खुलेपछि माथिल्लो दायाँ कुनामा दिइएको प्रोफाइल तस्बिरमा ट्याप गर्नुपर्नेछ। त्यसपछि सेटिङ ट्याबमा जानुपर्छ। यो ट्याबमा गएपछि तल स्क्रोल गरेर गुगल असिस्टेन्टको विकल्पमा जानुपर्छ। यहाँ ओके गुगल वा हे गुगल भ्वाइस असिस्टेन्ड एक्टिभेट गर्नुपर्नेछ।

त्यसपछि ओके गुगल वा हे गुगल भन्दै भ्वाइस असिस्टेन्ट एक्टिभेट गर्न सकिन्छ। भ्वाइस असिस्टेन्ट एक्टिभ भएपछि प्रयोगकर्ताले म्यासेज पठाउन चाहेका व्यक्तिको नाम भन्नुपर्छ। 

त्यसपछि गुगलले म्यासेज मोडका बारेमा सोध्नेछ। त्यसमा प्रयोगकर्ताले ह्वाट्सएप भन्नुपर्छ। अनि पठाउन चाहेको म्यासेज भन्नुपर्छ। त्ययसपछि गुगलले प्रयोगकर्ता म्यासेज पठाउनेछ। यसका लागि प्रयोगकर्ताले एउटा शब्द पनि टाइप गर्नुपर्दैन। यो ह्यान्ड्स–फ्री एक्पिरियन्स हो। –एजेन्सी