काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७८ चैत मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको हो। यो अवधिसम्म लघुवित्त वित्तीय संस्थाहरुको कुल सम्पत्ति ४ खर्ब ९९ अर्ब ८ करोड पुगेको छ। यो २०७८ असार मसान्तको तुलनामा १४.८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३३.१३ प्रतिशतले बढेको थियो।
२०७८ चैत मसान्तमा कुल जोखिम भारित सम्पत्ति कुल सम्पतिको ९५.३५ प्रतिशत रहेको छ। जुन २०७८ असार मसान्तमा ९१.२५ प्रतिशत थियो।
यस्तै राष्ट्र बैंकका अनुसार २०७८ चैतसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटी रकममा पनि वृद्धि भएको छ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago