काठमाण्डौ । माछापुच्छ्रे बैंकले बागमती प्रदेशको धादिङस्थित सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो। १६५ औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य एवं माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालको पनि उपस्थिति थियो।
यो नयाँ शाखासँगै धादिङ जिल्लामा मात्रै बैंकका चारवटा शाखा सञ्चालनमा आउका छन्।
बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुका साथमा चौबीसै घन्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago