काठमाण्डौ । जीडब्ल्यूएम नेपालले आफ्नो विश्वस्तरीय जीडब्ल्यूएम बिक्रीपछिका सुविधासहितको सेवा ललितपुरको चाकुपाटमा सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार बिक्रीपछिको यो नयाँ सुविधा जीडब्ल्यूएमको विश्वस्तरीय सुविधाहरु मापदण्डसहित निर्माण गरिएको हो।
बिक्रीपछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५हजार बढी वर्गफिट क्षेत्र ओगटेको छ। यसमा प्रतिमहिना ६०० बढी सवारीसाधनहरुको द्रुत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन्।
जीडब्ल्यूएमका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नका लािग यो सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित छ। सुवधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पार्ट्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ।
जीडब्ल्यूएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भने, ‘तपाइँहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनुभएको छ, जसको हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधासहितका सेवा केन्द्र र विशिष्ट ग्राहक सेवामार्फत सेवा प्रदान गर्नेछौँ। हामीले यस सेवामार्फत तपाइँको गाडीको हेरचाहमात्र नभई गाडीको तपाइको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ।’
जीडब्ल्यूएम सर्भिसका उपमहाप्रबन्धक अजित पटेलले भने, ‘हामीसँग जीडब्ल्यूएमको सबै जीडब्ल्यूएम दायराका सवारीसाधनहरु ह्यान्डल गर्न सक्षम जीडब्ल्यूएमको विश्वस्तरीय सुविधा छ। हामी नवीनतम डायग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्दैछौँ ता कि तपाइँको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस् र यो जसरी चल्नुपर्ने हो । त्यस्तै वास्तविक अवस्थामा चलोस्। हामी व्यक्तिगतकृत सेवा अनुभव प्रदान गर्दछौँ।’
9 minutes ago
31 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago