काठमाण्डौ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाण्डौको प्रदर्शनीमार्गमा गभर्नर महाप्रसाद अधिकारीको पुतला दहन गरेको छ।
नेविसंघको अगुवाइमा विद्यार्थीहरुले आज साँझ प्रदर्शनीमार्गमा गभर्नर अधिकारीको पुतला दहन गरेका हुन्। विगत केही दिनदेखि आन्दोलनरत विद्यार्थीहरुले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै आएका छन्।
यसअघि काठमाण्डौको माइतीघरमा आज ३ बजे नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा माओवादी केन्द्रनिटक अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले गभर्नरको कार्टुन प्रदर्शन गरेका थिए।
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेको एम अधिकारी गभर्नर अधिकारी नै रहेको दाबी गर्दै विद्यार्थी संघसंगठन केही दिनअघिदेखि गभर्नरको राजीनामाको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेका छन्।
11 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago