काठमाण्डौ । प्रोग्रेभिभ फाइनान्स लिमिटेडको सवा ८ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ। 

कम्पनीको संस्थापक समूहको ८ लाख ३२ हजार ६३२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यी सेयरमा हाल संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न गर्न सक्नछन्। 

कम्पनीले इच्छुक संस्थापक सेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको छ। यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुले खरिद आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।