काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाण्डौको सुकेधारास्थित नवटोल सुधार समिति नयाँकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र कामनपा–४का लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ।

नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन  तथा बाह्य  मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका थिए। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको सुविधाका लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो।  

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा, २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।