काठमाण्डौ । अर्जेन्टिनाको मुद्रास्फीति २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ। 

योसँगै मुद्रास्फीति नियन्त्रण गर्न अर्जेन्टिनाको केन्द्रीय बैंकले ब्याजदरमा भारी वृद्धि गरेको छ। अर्जेन्टिनाको केन्द्रीय बैंकले बिहीबार ब्याजदर ९५० बेसिस प्वइन्टले बढाएको हो। बैंकले २८ दिने टर्मलोनको बेन्चमार्क रेट ६० प्रतिशतबाट बढाएर ६९.५ प्रतिशत पुर्याएको छ। यसअघि बैंकले दुई साताअघि बेन्चमार्क रेट बढाएको थियो। 

अर्जेन्टिनामा वार्षिकगत मुद्रास्फीति बढेर २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ। हाल वार्षिकगत मुद्रास्फीति ७१ प्रतिशत रहेको छ। जुन गत जुलाईको तुलनामा ७.४ प्रतिशतले बढेको हो।

ब्याजदर बढाउने निर्णयले मुद्रास्फीति कम गर्न निकै हद काम गर्नेमा अर्जेन्टिनाको केन्द्रीय बैंक आशावादी देखिन्छ। यसले देशको अर्थतन्त्र र विदेशी मुद्राको सञ्चिती बढाउन पनि मद्दत पुग्ने बैंकको भनाइ छ। 

अर्जेन्टिनमा यो वर्षको अन्त्यसम्म मुद्रास्फीति ९० प्रतिशत पुग्ने अनुमान गरिएको छ। केन्द्रीय बैंकको यो निर्णयले मुद्रास्फीति कम हुने बताइएको छ। –एजेन्सी