काठमाण्डौ । प्रतिनिधिसभाबाट आज बीमा विधेयक, २०७९ पारित भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माबाट संसदमा पेस गरिएको बीमा विधेयक पारित भएको हो। करिब ४ वर्षपछि बीमा विधेयक पारित भएको हो।

गत असार २ गते अर्थ समितिमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति जुटेको थियो। विधेयकमा भएका १ देखि १७२ सम्मका बुँदा तथा अनुसूची पनि संशोधन विधेयकको अंग बनोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस भएकोमा पारित भएको हो। 

त्यसपछि अर्थमन्त्री शर्माले बीमा विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। यसरी शर्माले गरेको प्रस्ताव संसदबाट बहुमतले पारित भएको छ।

नेपालमा बीमाको व्यापार र पहुँच पुगेको अवस्थामा बीमा विधेयक पारित हुनु अत्यावश्यक रहेको सांसदहरुले स्वागत गरेका छन्।
अब यो विधेयक राष्ट्रियसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।