काठमाण्डौ। व्यवसायीहरुले स्काई होल्डिङ बिजनेस ग्रुप स्थापना गरेका छन्। 

प्रतिव्यापारी ५–५ लाखको सेयर राखेर एकीकृत पुँंजी बनाई व्यवसायीहरु अगाडि बढेका हुन्। पुँजीलाई एकीकृत गरी मुलुकमै रोजगारी सिर्जना गर्दै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने योजना उनीहरुको छ। 

संस्थालाई दर्ता गरेर नयाँ–नयाँं कार्यक्रमहरु अगाडि बढाउने योजना व्यवसायीहरुको छ। 

ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवाल छन्। यसका साथै ग्रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठलगायतका विशिष्ट पनि सेयरहोल्डर छन्। 

ग्रुपको म्यानेजिङ डाइरेक्टर शिवप्रसाद मानन्धर छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उमेश बराल छन्। 

ग्रुपका अध्यक्ष अवालले उद्योगीव्यवसायीहरु मात्रै नभई सवै क्षेत्रका विज्ञहरु संलग्न गरी ग्रुप बनाइएको बताए। सबैको आ–आफ्नो आइडिया लिएर योजना अगाडि ल्याउने उनले जानकारी दिए।