काठमाण्डौ । आजको संसारमा स्वस्थ खाना र रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय अपनाउनुपर्नेमा जोड दिइन्छ। 

कोरोना महामारीका क्रममा लाखौँको मृत्यु भएपछि मानिसले जीवनशैलीमा स्वस्थ्य बानी जोड्नुपर्ने आवश्यकता बुझ्न थालेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष ७१ प्रतिशत मृत्यु क्रोनिक रोगका कारण हुन्छ।

यस्तो अवस्थामा आफ्नो खानपानमा आवश्यक परिवर्तन गर्न जरुरी छ । तर, धेरैपटक मानिसलाई स्वस्थ स्वास्थ्यका लागि के खाने र के खाने भन्ने थाहा हुँदैन । यो भ्रमको जबाफमा डब्ल्यूएचओले खानपानको नियम जारी गरेको छ। यसको मद्दतले हामी आफैँलाई र आफ्नो परिवारको स्वास्थ्य सबल पार्न सक्छौँ र गम्भीर तथा प्राणघात रोगबाट बक्छौँ। 

क्यान्सर, मधूमेह, मुटुरोग, स्ट्रोक, उच्च रक्तचाप, लिभर डिजिजजस्ता रोगबाट बच्नका लागि डब्ल्यूएचओले खाद्य निर्देशिका जारी गरेको हो। 

यस्तो डब्ल्इूएचओको सल्लाह–

नुन र चिनीको प्रयोग कम

डब्ल्यूएचओका अनुसार नुन र चिनीको मात्रा घटाउनु भनेको मधूमेह, मुटुरोग र क्यान्सरजस्ता नसर्ने रोगको जोखिम कम गर्ने सरल उपाय हो। नुन सेवनप्रति दिन ५ ग्राम वा १ चम्मचसम्म सीमित हुनुपर्छ। चिनी पनि प्रतिदिन ५० ग्राम वा १२ चम्चाभन्दा बढी उपभोग गर्नुहुँदैन। २ वर्षमुनिका बालबालिकालाई दिइने खानेकुरामा नुन र चिनी नमिलाउने कुरामा पनि ध्यान दिनुपर्छ। 

बोसोयुक्त खानपानमा नियन्त्रण

डब्ल्यूएचओले उच्च रक्तचाप, स्ट्रोक र मुटुरोगजस्ता गैरसंक्रामक रोगको विकासको जोखिम कम गर्न संतृप्त फ्याट र ट्रान्स–फ्याटको सेवनलाई नियन्त्रण गर्न डब्ल्यूएचओले सल्लाह दिएको छ। उपभोगका लागि कम बोसो भएको दूध र डेयरी उत्पादन छनौट गर्नु स्वस्थकर हुन्छ। यससँगै विज्ञहरुले प्रशोधित र भुटेको खानेकुराको सेवन नगर्न पनि सल्लाह दिन्छन् ।

खानपानमा विविधता

डब्ल्यूएचओका अनुसार मधुमेह, क्यान्सर, मुटु रोगजस्ता नसर्ने रोगहरु हुने जोखिमलाई कम गर्ने एउटा उपाय भनेको आफूले खाने तरिकालाई सन्तुलनमा राख्नु हो। हरेक दिन विभिन्न खानेकुरा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ । यसमा सम्पूर्ण अन्न–खैरो चामल, गहुँ, दाल र सिमी, फलफूल, ताजा फलफूल, तरकारी, मासु, माछा, अन्डा, दूधजस्ता खानेकुरा समावेश हुन सक्छन्। यसबाहेक काँचो सागसब्जी, ताजा फलफूल र नुन नपर्ने मेवा खानु पनि फाइदाजनक हुन्छ ।

पेयपदार्थको छनौटमा सावधानी

कुन पेय स्वस्थ वा हानिकारक छ जान्न धेरै महत्वपूर्ण छ। डब्ल्यूएचओले क्यान्सर, कलेजो रोग, स्ट्रोक र उच्च रक्तचापजस्ता गैरसंक्रामक रोग विकास गर्ने जोखिम कम गर्न पेयपदार्थको छनोटमा ध्यान दिन सल्लाह दिएको छ। चिल्लो पेय पदार्थ, जुस, स्वादयुक्त पानी र रेडी टु ड्रिंक कफीजस्ता चिनीयुक्त पेयपदार्थको सेवनले स्वास्थ्य बिगार्छ। यसबाहेक मदिराको सेवन कम गर्नु र धेरै पानी पिउनुले पनि तपाइँको स्वास्थ्य कायम राख्न महत्वपूर्ण योगदान पुर्याउने डब्ल्यूएचओले जनाएको छ। –एजेन्सी