काठमाण्डौ । संविधान दिवसका अवसरमा आज ६ जना बैंकरसहित ९९८ जना विभिन्न मानपदवी, अलंकार र पदबाट विभूषित हुँदैछन्। उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने छिन्। 

यसरी विभूषित हुने बैंकरहरुमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, सुनिल केसी, मनिराम पोख्रेल, दिनेश थकाली, रुकमिणाकुमारी ज्ञवाली र शिक्षा भट्टचन छन्। 

बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना र सुनिल केसी प्रबल जनसेवाश्रीबाट विभूषित हुँदैछन्।

ढुंगाना नबिल बैंकका सीईओ हुन्। उनी वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)का पूर्वअध्यक्ष पनि हुन्। 

केसी एनएमबि बैंकका सीईओ हुन्। उनी एनबीएमा उपाध्यक्ष छन्। 

सैगरी राष्ट्र यशोवर्द्धक अलंकारबाट दिनेश थकाली, मनिराम पोख्रेल र रुकमिणाकुमारी ज्ञवाली विभूषित हुँदैछन्। थकाली प्रभु क्यापिटलका सीईओ हुन्। 

बैंकर शिक्षा भट्टचन भने विकास रत्न पदकबाट सम्मानि हुँदैछिन्। 

गत भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रका ९९८ व्यक्तित्वलाई विभूषित गर्ने छिन्।