काठमाण्डौ । ह्याकिङका धेरै तरिका छन् र मानिसहरु हरेक दिन कुनै न कुनै जालमा फस्छन्। यस्तै एउटा विधि जीआईएफ इमेजहरुमार्फत ह्याकिङ गरिएको छ। 

केवल जीआईएफ फाइलमात्र होइन ह्याकरहरुले तपाइँको एक कमीको फाइदा उठाएर तपाइँको ह्वाट्सएपमा सजिलै प्रवेश गर्न सक्छन्। धेरै मानिसहरुको ह्वाट्सएप सेटिङहरुमा यो अप्सन अन रहन्छ।

यो सेटिङ अन गरेपछि ह्याकरहरु सजिलै तपाइँको फोनमा प्रवेश गर्न सक्छन्। वास्तवमा धेरै मानिसहरुले ह्वाट्सअप सेटिङ सेटिङमा मिडिया स्वतः अटो डाउनलोड अन राखेका हुन्छ। यही कारणले गर्दा जब तपाइँको स्मार्टफोन इन्टरनेटमा कनेक्ट हुन्छ तब मिडिया फाइलहरु अटोमेटिक रुपमा डाउनलोड हुन्छन्।

मिडिया फाइलहरु जस्तै– अडियो, भिडियो र जीआईएफ फाइलहरु। ह्याकरहरुको वास्तविक खेल यहीँबाट सुरु हुन्छ। ह्याकरहरुले जीआईएफ र भिडियो फाइलहरुमार्फत तपाइँको फोनमा पहुँच प्राप्त गर्न सक्छन्।

गत वर्षको अन्त्यमा यस्तै एउटा केस बाहिर आएको थियो। जसको मद्दतले ह्याकरहरुले प्रयोगकर्ताका फोनहरु सजिलै ह्याक गर्न सक्छन् भन्ने थाहा भयो। यो समस्या समाधान गरेपछि ह्वाट्सएपले नयाँ अपडेट जारी गरेको थियो। 

यदि तपाइँको ह्वाट्सएपमा अटोमेटिक मिडिया डाउनलोड अन छ भने तपाइँ पनि यस्तै ह्याकिङको सिकार हुन सक्नुहुन्छ। किनकि यस्तो अवस्थामा अपरिचित व्यक्तिको भिडियो, जीआईएफ, तस्बिर वा अन्य मिडिया फाइलहरु स्वचालित रुपमा तपाइँको फोनमा डाउनलोड हुन सक्छ। 

यो सेटिङ सजिलै परिवर्तन गर्न सकिन्छ। यसका लागि पहिले तपाइँले ह्वाट्सअप एप लन्च गर्नुपर्नेछ। त्यसपछि सेटिङ अप्सनमा जानुपर्छ । त्यहाँ स्टोरेज एन्ड डाटा अप्सनमा क्लिक गर्नुपर्नेछ।

त्यहाँ अटोमेटिक मिडिया डाउनलोडको अप्सन हुनेछ। जुन बन्द गर्न सकिन्छ। यसरी ह्याकरहरुको सहज प्रवेश रोक्न सकिन्छ। –एजेन्सी