काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले शनिबार आफ्ना सम्पूर्ण १७ वटै शाखा कार्यालय क्षेत्रवरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। 

उक्त अवसरमा फाइनान्सको तीनकुने शाखाबाट कोटेश्वर महादेवस्थान परिसरमा सरसफाइका साथै फोहोर संकलन गर्ने सामग्री र अन्य सरसफाइ सामग्री कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ। 

त्यसैगरी हेटौँडा शाखाले पशुपति मन्दिर परिसर पुल्चोक शाखाले शाखा रहेको क्षेत्र वरिपरि, सबै शाखाले बजारक्षेत्रमा अवस्थित दुर्गा मन्दिर परिसर, पाटन सुन्धारा शाखाले त्वायाबहा मन्दिर परिसरलगायत अन्य शाखा कार्यालयहरुले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

यस अवसरमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका यस्तो कार्यक्रमको मुख्य उद्देश्य सरसफाइसम्बन्धी जनचेतना फैलाउनु तथा धार्मिक तथा सांस्कृतिक धरोहरहरुको जगेर्ना गर्नु नै रहेको विचार व्यक्त गरे। 

सत्रवटा शाखा कार्यालय तथा चारवटा विस्तारित काउन्टरहरुमार्फत वित्तीय सेवा उपलब्ध गराइरहेको वित्तीय संस्थाले निकट भविष्यमा ५ वटा शाखा कार्यालयहरु थप गर्ने योजना बनाएको छ। आधुनिक डिजिटल बैंकिङ सेवाहरु प्रवाह गर्दैआएको वित्तीय संस्थाले हालै लकर सुविधा पनि उपलब्ध गराएको छ।