काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि कुमारी बैंक र एसीसी बैंकको सेयर कारोबार आजबाट रोकका गरेको छ। 

कुमारी बैंक र एसीसी बैंकबीच सोमबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै बैंकले सेयर कारोबार रोक्का गर्न नेप्सेमा पत्राचार गरेका थिए। मर्जरसम्बन्धी विनियमावलीबमोजिम नेप्सेले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो। 

यी दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।