काठमाण्डौ । सोमबार साँझ लक्ष्मीपूजामा नेपालमा १ हजार ३०५ मेगावाट विद्युत खपत छ। जुन अन्य दिनको तुलनामा उच्च हो। 

नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा साँझ ६ः१० मिनेटमा कायम भएको पिक लोड (उच्चतम खपत) १ हजार ३०५ मेगावाट भएको जनाइएको छ। गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २०० मेगावाट थियो।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भए पनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए। त्यसअघिका वर्षहरुमा प्राधिकरणले झिलिमिली बत्ती नबाल्न आग्रह गर्दथ्यो भने लक्ष्मी पूजामा पनि लोडसेडिङ हुन्थ्यो। 

यसैबीच प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ।

प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको हो। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो।