काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रियस्तरका आठै विकास बैंकका मुख्य सूूचकहरु प्रभावित बनेका छन्।
यसअघि वाणिज्य बैंकहरुलाई चुनौती दिने गरी वित्तीय विवरण प्रकाशित गर्ने विकास बैंकहरुका लागि चालुु आर्थिक वर्षको पहिलो त्रैमास सुुखद् नबनेको हो। नाफामा आएको गिरावटसँगै राष्ट्रियस्तरका सबै बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेको छ। बैंकहरुका लागि एनपीएल घट्नुु एकदमै राम्रो मानिन्छ तर बढ्नु राम्रो मनिँदैन। एनपीएल बढ्नुले बैंकको वित्तीय अवस्था बिग्रिँदै गएको संकेत गर्दछ।
प्रथम त्रैमासमा सबैभन्दा बढी एनपीएल लुुम्बिनी विकास बैंकको बढेको छ। बैंकको एनपीएल १.८९ प्रतिशतले बढेर ३.२० प्रतिशतमा कायम भएको हो। अघिल्लो वर्षको यही अवधिमा एनपीएल १.३१ प्रतिशतमा सीमित थियो।
त्यसपछि ज्योति विकास बैंकको सबैभन्दा धेरै एनपीएल बढेको छ। बैंकको एनपीएल १.८२ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष ०.६८ प्रतिशतमा सीमित रहेको एनपीएल यो त्रैमासमा २.५० प्रतिशतमा कायम भएको छ।
यद्यपि सबैभन्दा उच्च एनपीएल भने महालक्ष्मी विकास बैंकमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ३.०८ प्रतिशतमा सीमित रहेको एनपीएल बढेर ३.६२ प्रतिशत पुुगेको छ।
समीक्षा अवधिमा कामना सेवा विकास बैंकको एनपीएल बढेर ३.४० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.७९ प्रतिशतमा सीमित थियो।
सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १.६४ प्रतिशत रहेको एनपीएल अहिले ०.६३ प्रतिशतले वृद्धि भएर २.२७ प्रतिशत पुुगेको छ।
त्यस्तै गरिमा विकास बैंकको पनि एनपीएल १.०४ प्रतिशतबाट बढेर १.७१ प्रतिशत पुुगेको छ। अघिल्लो वर्ष ०.२३ प्रतिशतमा रहेको मुक्तिनाथ विकास बैंकको एनपीएल पनि बढेर ०.७७ प्रतिशत पुगेको छ।
प्रतिशतका आधारमा सबैभन्दा कम एनपीएल रेसुंगा डेभलपमेन्ट बैंकको बढेको छ। अघिल्लो वर्ष १.०१ प्रतिशतमा सीमित रहेको एनपीएल ०.०८ प्रतिशतले बढेर १.०९ प्रतिशतमा कायम भएको छ।
प्रवाह भएको कर्जाको साँवा तथा ब्याज ऋणीले समयमा भुुक्तानी नगर्दा बैंकहरुको खराब कर्जा बढेसँगै खुुद नाफामा संकुुचन आएको बैंकरहरुबताउँछन्। ‘बढेको खराब कर्जाको प्रोभिजन गर्नुपर्दा पनि बैंकहरुको वित्तीय सूूचक प्रभावित हुुने गर्दछ’, एक बैंकरले भने, ‘तर, अहिलेको वित्तीय अवस्थालाई हेरेर डराइहाल्नुुपर्ने अवस्था छैन।’
22 minutes ago
40 minutes ago
51 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
14 hours ago