काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा फाइनान्स कम्पनीको पहुँच न्यून देखिएको छ।
नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशका कुल ९ जिल्लामध्ये २ जिल्लामा मात्रै फाइनान्स कम्पनीको उपस्थिति रहेको जनाएको हो। गत असार मसान्तसम्ममा कैलालीमा ५ र कञ्चनपुुरमा १ फाइनान्स कम्पनी पुुगेका छन्। बाँकी ७ जिल्लामा फाइनान्स कम्पनी नपुुगेको राष्ट्र बैंकको धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ।
बाजुुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुुुरा, डोटी र अछाम जिल्लामा वित्त कम्पनी नपुुगेका हुन्।
समीक्षा अवधिसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३२९ शाखा सञ्चालनमा छन् भने विकास बैंकका ५२, लघुवित्त वित्तीय संस्थाका ४५३ शाखा छन्।
यो प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल ८४० शाखा सञ्चालनमा छन्। तीमध्ये कैलालीमा सबैभन्दा बढी ३६६ तथा बाजुरामा सबैभन्दा कम २७ शाखा सञ्चालनमा छन्।
गत वर्ष सोही अवधिसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३१७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४०८ गरी जम्मा ७७७ वटा शाखाहरु सञ्चालनमा थिए।
तथ्यांकअनुुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै लघुवित्त वित्तीय संस्थाको उपस्थिति छ।
यसैगरी गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७८ असार मसान्तको तुलनामा २७.२७ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कुल निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको थियो।
२०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७८ असार मसान्तको तुलनामा १७.४२ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ४६ करोड ४४ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा कुल कर्जा ३६.२० प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात ४७.१९ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात २.६४ प्रतिशत रहेको छ।
त्यसैगरी समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात ६८.५० प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात ०.९३ प्रतिशत रहेको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago