काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनले बुधबार सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्तालाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीमा कार्यरत अभिकर्तालाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीतिअनुरुप कम्पनीले अभिकर्तासँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए।
कार्यक्रममा महेन्द्रनगर शाखासँग आबद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताको उपस्थिति थियो। सोही शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत खत्रीले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए।
सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको प्रतिक्रिया दिए।
कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नवीनकिशोर भट्टले सञ्चालन गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्तालाई धन्यवाद ज्ञापन गरे।
30 minutes ago
41 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
1 day ago