काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेको छ।
नेप्सेको आजको निर्णयबाट कुमारी बैंकको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो। अब आउँदो आइतबारबाट यो बैंकको सेयर कारोबारमा आउनेछ।
नेप्सेले मर्जर प्रयोजनका लागि गत असोज ११ गतेबाट कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार रोक्का गरेको थियो। कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
एनसीसी बैंकको सेयर फुकुवाका लागि भने आवश्यक कागजपत्र आइनसकेको नेप्सेका अधिकारीले जानकारी दिए। ‘आज कुमारीको कागजपत्र आइपुगेकोले सेयर कारोबार फुकुवा गर्ने निर्णय नेप्सेले गरेको हो’, ती अधिकारीले भने, ‘सायद एनसीसी बैंकको पनि अब १–२ दिनमै कागजपत्र आउला।’
कुमारी बैंक र एनसीसी बैंक १ः१ सेयर स्वाप रेसियोमा मर्जरमा जाँदैछन्। दुवै बैंकले पुस मसान्तभित्रै मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका छन्।
यसअघि नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेका नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, सिभिल बैंक, साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको आधारभूत सेयरधनीहरुका बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरिसकेको छ।
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago