काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताको एक्सपिरियन्स बढाउनका लागि नयाँ–नयाँ फिचर जारी गर्दै आएको छ। त्यसैले धेरै मानिसले यसलाई प्राइमरी मेसेजिङ प्लेटफर्मका रूपमा पनि प्रयोग गर्छन्। 

अहिले ह्वाट्सएपले नयाँ फिचरमा काम गरिरहेको छ। यसले ग्रुप च्याटका लागि म्युट सर्टकटको अप्सन दिनेछ।

यो फिचरका साथ प्रयोगकर्ताले ग्रुपमा प्राप्त नोटिफिकेसनहरु डिसेबल गर्न सक्नेछन्। यसबारे डब्ल्यूएबेटाइन्फोले जानकारी दिएको हो।

ह्वाट्सएपले ठूला ग्रुपहरुका लागि अटोमेटिकली नोटिफिकेसन डिसेबल फिचरका बारेमा जानकारी गराइसकेको छ। हाल यो फिचर बिटा भर्जनका लागि उपलब्ध गराइएको छ। 

ग्रुप च्याटका लागि म्युट सर्टकट हाल विकासको चरणमा छ। यो आगामी दिनमा ह्वाट्सएप डेस्कटप प्रयोगकर्ताका लागि उपलब्ध हुन सक्छ। 

कम्पनीले समय–समयमा नयाँ फिचरहरु जारी गर्छ। यसले प्रयोगकर्तालाई राम्रो एक्सपिरियन्स दिन्छ। 

अर्को रिपोर्टअनुसार कन्ट्याक्ट कार्ड बिटा भर्जनका लागि रोल आउट भइरहेको छ।

यो फिचरका साथ प्रयोगकर्ताले च्याट सेयर सिटमा कन्ट्याकर्ट कार्ड पनि सेअर गर्न सक्छन्। अर्थात् जहाँ प्रयोगकर्ताले फाइल सेअर गर्ने, पोल क्रिएट गर्ने अप्सन पाउनेछन्। रिपोर्टमा भनिएको छ कि यो फिचर धेरै बिटा टेस्टरहरुलाई उपलब्ध गराइएको छ। आउँदो समयमा यसलाई अन्य प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइनेछ। 

यसबाहेक कम्पनीले अर्को नयाँ फिचरमा काम गरिरहेको छ। यसबाट प्रयोगकर्ताले भ्वाइस नोटहरु स्टेटसमा राख्न सक्नेछन्। रिपोर्टमा प्रयोगकर्ताले ४० सेकेन्डसम्मको भ्वाइस नोट राख्ने सुविधा पाउने बताइएको छ। –एजेन्सी