काठमाण्डौ । संसारमा सबैभन्दा धेरै बिक्री हुने ह्विस्कीहरुमध्ये एक हो, ज्याक डेनियल । १५० वर्षभन्दा बढी समयदेखि यसको नशा सारा विश्वमा चढ्दै आएको छ।
यो ह्विस्कीसँग धेरै रोचक घटनाहरु जोडिएका छन्। यो अमेरिकामा दर्ता भएको पहिलो डिस्टिलरी थियो।
यो कम्पनीको एउटा विशेषता भनेको यसमा काम गर्ने कर्मचारीलाई प्रत्येक महिना ‘ज्याक डेनियल्स वल्ड नं. ७’ एक बोतल निःशुल्क दिइन्छ। रमाइलो कुरा के छ भने त्यो दिन सबै कर्मचारी खुसीसाथ काममा आउँछन् र कसैले बिदा लिँदैनन्।
कर्मचारीलाई सित्तैमा मदिरा दिएकोमा धेरैको आपत्ति होला तर कम्पनीले वास्ता गर्दैन । यसले कर्मचारीको मनोबल बढाएर थप काम गर्न उत्प्रेरित हुने कम्पनीले जनाएको छ। यसबाट उनीहरु आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छन्। यही कारण हो कि १५० वर्षदेखि यो ह्विस्कीमा मानिसहरुको क्रेज देखिन्छ।
संसारभरका धेरै कम्पनीले आफ्ना कर्मचारीलाई आफ्ना उत्पादन र सेवा प्रदान गर्छन्। उदाहरणका लागि खुद्रा बिक्रेताले आफ्ना कर्मचारीलाई छुट दिन्छन्। रेस्टुरेन्टहरुले निःशुल्क खाना प्रस्ताव गर्छन्। एयरलाइन्स कम्पनी र होटेलहरुले पनि आफ्ना कर्मचारीलाई निःशुल्क उडान र कोठा प्रस्ताव गर्छन्।
त्यसैगरी स्टारबक्सका कर्मचारीले प्रत्येक हप्ता एक पाउन्ड कफी बिन्स वा अन्य उत्पादन घरमा लिन सक्छन्। यसले कर्मचारीलाई उनीहरुको उत्पादनहरुको आनन्द लिने मौका दिन्छ। तर, ज्याक डेनियलको कुरा अर्कै छ। सामान्यतया शुक्रबार साँझदेखि नै कर्पोरेट जगतका कर्मचारीहरु बिदा मनाउने मूडमा हुन्छन्। तर, ज्या डेयिलका कर्मचारीहरु महिनाको पहिलो शुक्रबारको प्रतीक्षामा हुन्छन्। सोही दिन उनीहरुले एक बोतल ह्विस्की फ्रीमा पाउँछन्।
ज्याक ड्यानियलको ह्विस्की अमेरिकाको टेनेसी राज्यमा बनाइन्छ। यो कम्पनीमा महिनाको पहिलो शुक्रबार कर्मचारीका लागि गुड फ्राइडे हो। कम्पनीले कर्मचारीहरुको कडा परिश्रमको प्रतिफल दिने यो आफ्नै तरिका भएको जनाएको छ।
यो कम्पनीको सुरुआत संस्थापक ज्याक डेनियलले सुरु गरेका थिए। –एजेन्सी
8 minutes ago
18 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago