काठमाण्डौ । फिफा वर्ल्डकप २०२२ का लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारमध्ये कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वर्ल्डकप हेर्ने अवसर प्रदान गरेको छ।
आफ्नो परिवारको सुख र खुसीका लागि अवसरको खोजीमा विदेशिएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मानस्वरुप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ। फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वर्ल्डकप हेर्न पाउनु आफूहरुका लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसका लागि कोका–कोलाप्रति आभारी रहेको कुरा व्यक्त गरेका छन्।
यसबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपका लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुका लागि केही गर्न चाहन्थ्यौँ। उहाँहरुको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छौँ। उहाँहरुले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ।’
कोका–कोलाले योभन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारलाई कतार–नेपाल दुईतर्फी हवाई टिकटको व्यवस्था गरिदिएको थियो। जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तरालपछि आफ्नो परिवारसँग बसेर दसैँ–तिहार मनाउने अवसर पाएका थिए।
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago