काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल र नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीबीच बुधबार भेटवार्ता भएको छ।
अर्थ मन्त्रालय भएको भेटवार्तामा संघका पदाधिकारीले अर्थमन्त्री पौडेल बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। उनीहरुले मन्त्री पौडेलको कार्यकालमा नेपालको पुँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सबल हुने विश्वास व्यक्त गरे।
भेटघाटका क्रममा अर्थमन्त्रीसमक्ष संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्बन्धमा मर्चेन्ट बैंकरले खेल्न सक्ने भूमिकाका सम्बन्धमा विस्तृत विवरण पेस गरेको छ।
भेटमा संघले मर्चेन्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकायमार्फत खेल्नुपर्ने भूमिकाका सन्दर्भमा बुँदागत रुपमा प्रकाश पारी सोको विवरण अर्थमन्त्रीलाई हस्तान्तरण गरेको थियो।
5 minutes ago
21 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago