काठमाण्डौ । युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस)ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षण सम्पन्न गरी आईएसओ ९००१ः२०१५ द्वारा सूर्यज्योति लाइफ इन्स्योरेन्स कमपनीलाई मान्यता प्रदान गरेको छ। 

उक्त मापन कम्पनीको व्यवस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहीमाझ पुर्याउँदै आएको सेवासुविधाको गुणस्तरको आधारमा गरिएको थियो। सूर्यज्योति लाइफले गत जनवरी ४ मा आधिकारिक गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गरेको हो। यो गुणस्तर प्रमाण चिह्न प्राप्त गरेपश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतलाई सेवा सुविधामा थप सबल र सहज पार्दे जानेमा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए। 

यसका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्सले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समयसापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परिस्कृत गर्दै लैजाने खत्रीले प्रतिबद्धता पनि व्यक्त गरे।