काठमाण्डौ । पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमान डाक्टर, सञ्चारकर्मी र लोक गायिक पनि सवार रहेको खुलेको छ। 

काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एनएनसी एटीआर विमान बिहान पोखरा सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो। विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी पत्नी डा. सोना दिवाकर पनि सवार रहेको पुष्टि भएको छ। 

दुवैजना सानो बच्चाका साथ पोखरामा छुट्टी मनाउन गएका थिए। 

पोखरा स्थायी घर भएका डा. श्रेष्ठ काठमाण्डौ मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्। 

यसैगरी सोही विमान पत्रकार त्रिभुवन पौडेल पनि सवार रहेको खुलेको छ।

पोख्रेली पत्रकार पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न हिजोमात्र काठमाण्डौ आएका थिए। उनले प्रधानमन्त्रीलाई बिहान ८ः३० बजे भेट्ने समय तय भएको थियो। तर, योग दिवसको व्यस्तताका कारण भेट्ने समय लम्बिएपछि उनी अर्को दिन आउने गरी घर फर्किने क्रममा यती एयरलाइन्स जहाज चढेका थिए। 

नेपाल पत्रकार महासंघको संस्थापक गण्डकी प्रदेश अध्यक्ष, प्रेस सेन्टर उपाध्यक्ष र हाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेका पौडेल कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । 

दुर्घटनाग्रस्त जहाज लोक गायिकाका निरा छन्त्याल पनि सवार रहेको खुलेको छ। उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै थिइन्। 

विमानमा चालक दलका ४ जना सदस्यसहित ७२ जना यात्रु सवार थिए।