काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब २ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १.४३ प्रतिशतले बढेको छ।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रुपैयाँ रहेको थियो। वितरणयोग्य मुनाफा पनि ६४.११ प्रतिशतले बढेको छ।
दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ४७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि १.५४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब २४ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी २४.२० प्रतिशतले बढेको छ।
चुक्तापुँजी १० अर्ब २६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १४.९४ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ३ अर्ब ६० करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ४५ अर्बरुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर १.४१ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ०.५७ प्रतिशत थियो।
सीडी रेसियो ८५.१८ प्रतिशत रहेको बैंकको आधार दर ११.२३ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.९९ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.७१ रुपैयाँ रहेको थियो।
बैंकको पीई रेसियो १२.४८ गुणा, प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ र तरलता अनुपात २३.०५ प्रतिशत रहेको छ।
8 hours ago
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago