काठमाण्डौ । विश्व बजारमा पछिल्लो समयमा क्रिप्टोकरेन्सीमा एकाएक उछाल आएको छ।
नयाँ वर्षको जनवरी २ मा १६५९४ अमेरिकी डलरमा कारोबार भएको बिट्क्वाइनको मूल्य २२ जनवरीसम्म आउँदा २३००० डलरमा पुगेको छ। यस हिसाबले एकै महिनामा बिट्क्वाइनको मूल्य झन्डै ७००० डलरले बढेको छ।
साप्ताहिक रुपमा बिट्क्वाइन एकै सातामा १३ प्रतिशतले बढेको छ। न्यून विन्दुबाट पनि बिट्क्वाइन ३५ प्रतिशतले उकालो लागेको छ।
त्यसो २०२१ नोभेम्बरमा बिट्क्वाइनको मूल्य ६८००० डलरसम्म पुगेको थियो।
बिट्क्वाइन बढेसँगै अन्य क्रिप्टोकरेन्सीमा पनि बढोत्तरी आएको छ। एकै सातामा इथेरियम पनि १३ प्रतिशतले बढेको छ भने डिसेम्बर ३१ बाट ३८ प्रतिशतले बढेको छ।
यसैगरी विश्व बजारमा क्रिप्टोकरेन्सीमा आधारित क्वाइन बेस स्टकहरुमा पनि उछाल आएको छ।
विश्व बजारमा यसरी क्रिप्टोकरेन्सीमा उछाल आउनुका कारणहरुमा विज्ञहरुले मुद्रास्फ्रीति नियन्त्रण हुँदै जाँदा अमेरिकी फेडरल रिजर्भले मौद्रिक नीतिमा केही खुकुलो गर्नु र निष्क्रिय बसेका लगानीकर्ता पुनः फर्किनु नै मानेका छन्।
यदि फेडले ब्याजदर बढाएमा भने क्रिप्टोकरेन्सीमा पुनः गिरावट आउन सक्ने पनि विज्ञहरुको अनुमान छ। –एजेन्सी
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago