काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ। 

देशभरका जोनल हेड, प्रोभिन्स हेड, रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिभ र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३०० जना कर्मचारीहरुको उपस्थितिमा कम्पनीले प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम ‘सेल्स कन्भेन्सन कार्यक्रम’ सम्पन्न गरेको हो।   

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्ससम्बन्धी विशेष ट्रेनिङ दिए। 

यसका साथै कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योग्दान पुर्याउने कर्मचारीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सम्मान गरेका थिए। कार्यक्रममा ३ जना जोनल हेड, ३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर, १० जना शाखा प्रमुख, १२ जना कार्यलय सन्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटिभ गरी ४८ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो सेल्स कन्भेन्सनबाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था, कम्पनीको आगामी बजार विस्तार योजना र रणनिती सम्बन्धी बृहत ज्ञान हसिल गर्नुका साथै यस किसिमका सिप तथा प्रविधिमैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप ऊर्जावान भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए। कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनमा पनि विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता उनले गरे। 

कर्मचारीको प्रगति र हितका लागि सदैव आफूलगायत सञ्चालक समिति  सकारात्मक रहेको कम्पनीका सञ्चालक नन्दकिशोर शर्माले बताए। यसका साथै मेहनत र लगनशील भई कम गर्दै गए अवश्य सफलता प्राप्त हुने उनको भनाइ थियो। 

सूर्यज्योति लाइफ इन्स्योरेन्स आईएसओ ९००१ः२०१५ बाट सम्मानित भइसकेको छ। हाल कम्पनीको चुक्तापुँजी रु ४.५४ अर्ब रहको र कम्पनीले देशभर रहेका १८१ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ।