काठमाण्डौ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सवारीसाधनलाई विलाशिताको वस्तुको वर्गीकरणबाट हटाउन अर्थमन्त्री विष्णु पौडेलसँग आगह गरेको छ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्व गएको प्रतिनिधिमण्डलले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेटेर यस्तो आग्रह गरेको हो। अध्यक्ष थापाल सवारीसाधनलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरेर सोहीअनुरुप नीतिहरुको निर्माण गरिरहेको गुनासो गरे। ‘त्यसैले सवारीसाधनलाई उक्त वर्गीकरणबाट हटाउन हाम्रो आग्रह हो’, उनले भने।
अध्यक्ष थापाले सरकारले आयातमा एलसी खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउनु र ८ महिनादेखि निजी प्रयोजनका डिजेल र पेट्रोलबाट चल्ने कार जीप र भ्यानको आयातमा लगाएकोे प्रतिबन्ध पनि फुकुवा गरेकोमा धन्यवाद दिए। उनले सरकारको हालको योे निर्णयहरुले अटोमोबाइललगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने बताए।
अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था विद्यमान नै रहेको पनि बताए। ‘अहिले लाखौँको संख्यामा रहेका कर्मचारी तथा मजदुरले आफनो रोजगारीसमेत गुमाइरहेका मात्र छैनन्’, उनले भने, ‘नेपालका भन्सार नाकाहरुमा ६ महिनादेखि करिब ३ हजार सवारीसाधनहरुको भन्सार जाँचपाससमेत हुन नसकेको अवस्था छ। यस्तो जटिल स्थितिको समुचित समाधानका लागि हाम्रो आग्रह छ।’
अर्थमन्त्री पौडेलले सवारीसाधनहरुलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरेको बारेमा आउँदो बजेटसम्बन्धी छलफलमा नाडालाई बोलाइ छलफल गरिने आश्वासन दिएका छन्।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago