काठमाण्डौ । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउन अन्तिम तयारीमा जुटेको छ।
सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव लिने काम पूरा भएसँगै राष्ट्र बैंक यही महिनाभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी तीव्र छलफलमा जुटेको हो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले माघ २९ गतेभित्र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने गरी छलफल सुरु भइसकेको बताए। ‘मौद्रिक नीतिको समीक्षाका लागि सबै क्षेत्रबाट सुझावहरु आइसकेका छन्, अन्य तथ्यांकहरु पनि हेर्ने कामहरु भइरहेका छन्, आन्तरिक छलफललाई तीव्रता दिएको अवस्था छ’, उनले भने, ‘सबै प्रक्रिया सकिएमा माघ २९ गतेभित्र समीक्षा सार्वजनिक हुन सक्छ।’
श्रेष्ठले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को (प्रथम संशोधन, २०७९)ले त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्थाअनुरुप नै तयारी थालिएको बताए। ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा त्यति धेरै परिवर्तन नहुन सक्छ’, उनले भने।
सबै क्षेत्रबाट विविध सुझावहरु आएकाले उचित सुझावहरुलाई अर्धवार्षिक समीक्षामा समावेश गरिने भए पनि त्यति धेरै परिवर्तन नहुने श्रेष्ठको भनाइ छ। ‘समीक्षाका लागि धेरैखालका सुझावहरु प्राप्त भएका छन्, अहिलेको समग्र परिस्थतिअनुसार उपयुक्त सुझावलाई हामी हेर्छौं तर अर्धवार्षिक समीक्षामा त्यति धेरै परिवर्तन भने नहुन सक्छ’, केही दिनभित्रै मौद्रिक नीतिको मस्यौदा तयार गर्ने गरी विभागले काम गरिरहेको छ।
श्रेष्ठले पछिल्लो समय बैंकिङ प्रणालीमा तुलनात्मक रुपमा तरलतामा सुधार आएको पनि बताए।
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago