काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ४८.८५ प्रतिशतले बढेको छ।
कम्पनीको वित्तीय आम्दानी बढेर १ अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यस्तो आम्दानी ६९ करोड ४७ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीले विभिन्न जलविद्युत आयोजनाहरुमा ऋण लगानी बढाएर ७ अर्ब ३५ करोड रुपैयाँबराबरको पुर्याएको छ। गत वर्ष यही अवधिमा यस्तो ऋण लगानी ४ अर्ब ८१ करोड रुपैयाँमा सीमित थियो। त्यस्तै कम्पनीले ८ करोड रुपैयाँ विभिन्न कम्पनीका बोन्डमा पनि लगानी गरेको छ।
विभिन्न आयोजनाको सेयरमा कम्पनीले १ अर्ब ७५ रुपैयाँ लगानी गरेको छ। गत वर्ष यसतो लगानी १ अर्ब ५ करोड रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी २१ अर्ब २७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ घटेर २ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ। गत वर्ष रिजर्भमा २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको ईपीएस बढेर ६.३५ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ४.८५ रुपैयाँ थियो। पीई रेसियो ३४.०३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.६६ रुपैयाँ रहेको छ।
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago