काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेट घटाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्दै १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा खुम्चाएका हुन्। गत जेठ १५ गते संसदमा १७ खर्ब ९३ अर्ब ९३ करोड रुपैयाँको बजेट प्रस्तुत भएको थियो।
अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएका छन्।
अर्थमन्त्री पौडेलले राजस्व र व्ययको संशोधित अनुमान गर्दा चालु आर्थिक वर्षको बाँकी अवधिमा आर्थिक गतिविधि विस्तार हुँदै जाने र राजस्व संकलनमा क्रमशः सुधार हुने अपेक्षा गरिएको बताए।
संशोधित लक्ष्य हासिल गर्न अर्थ मन्त्रालयले अधिकतम प्रयास गर्ने पौडेलले बताए। ‘मैले यस प्रयासमा सम्बद्ध सबै निकायको सहयोग प्राप्त हुने अपेक्षा गरेको छु’, उनले भने, ‘यी प्रयासका बाबजुद पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा अपेक्षित सुधार आउन नसकी राजस्व संकलनको संशोधित अनुमानसमेत हासिल हुने नदेखिएमा सार्वजनिक खर्चलाई थप कसिलो बनाउनुपर्ने अवस्था आउन सक्छ। यसका लागि अर्थ मन्त्रालयले आवधिक रूपमा अर्थतन्त्रको प्रवृत्ति विश्लेषण गरी आउन सक्ने चुनौतीको आँकलन गर्नेछ र सो को आधारमा थप नीतिगत प्रबन्ध मिलाउनेछ।’
4 minutes ago
14 minutes ago
37 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago