काठमाण्डौ । सिद्धार्थ बैंकले मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बैंकद्वारा जारी सूचनामा मर्जरसम्बन्धी फैलाइएको समाचारप्रति ध्यानाकर्षण भएको जनाइएको छ। ‘यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीचमा मर्जर वा एक्विजिसनसम्बन्धी फैलाइएको समाचारमा बैंकको ध्यानाकर्षण भएको छ’, कम्पनी सचिव लक्ष्मण घिमिरेद्वारा सूचनामा भनिएको छ।
त्यस्ता समाचारमा कुनै आधिकारिकता नरहेको सूचनामा स्पष्ट पारिएको छ।
सेयर बजारमा हिजो बिहीबार सिद्धार्थ बैंकको सेयरभाउ ८ प्रतिशतभन्दा बढीले बढेको थियो। यो दिन प्रतिकित्ता २१.६० रुपैयाँले बढेर यो बैंकको सेयरभाउ २८१.९० रुपैयाँ कायम भएको छ।
बजारमा सिद्धार्थ बैंक र एनआईसी एसिया बैंक मर्जरमा जान लागेको भनेर हल्ला फैलाइएको थियो। सोही हल्ला फैलाएर सिद्धार्थ बैंकको सेयरभाउ बढाइएको बजार जानकारहरुले बताएका थिए।
2 minutes ago
13 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago