काठमाण्डौ । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म हो। तपाइँले यो प्लेटफर्म विन्डोज, एन्ड्रोइड र आईओएस तीनवटै प्लेटफर्ममा प्रयोग गर्न सक्नुहुन्छ। विन्डोज प्रयोगकर्ताले लामो समयदेखि गुनासो गर्दै आएका थिए कि उनीहरुले ह्वाट्सएप कल गर्ने विकल्प पाउँदैनन्।

एन्ड्रोइड र आईओएसमा प्रयोगकर्ताले भ्वाइस र भिडियो कलिङको विकल्प पाउँछन्। तर, अहिलेसम्म यो विकल्प ह्वाट्सएप वेब वा ह्वाट्सएपको विन्डोज एपमा उपलब्ध थिएन। 

मेटाले आफ्नो नयाँ भर्जन सार्वजनिक गरेको छ। जसमा प्रयोगकर्ताले विन्डोजमा पनि ह्वाट्सएप कलिङको सुविधा पाउनेछन्।

यो फिचरको सहायताले प्रयोगकर्ताले सामूहिक भिडियो कलमा ८ जनासम्म जोड्न सक्नेछन् । यसका साथै नयाँ एपमा प्रयोगकर्ताले ३२ जनासँग डेस्कटपबाट अडियो कल गर्ने सुविधा पनि पाउनेछन् । अर्थात्, अब प्रयोगकर्ताले डेस्कटप वा ल्यापटपमा ह्वाट्सएप एप प्रयोग गरेर अडियो र भिडियो कल गर्न सक्नेछन्। तर, तपाइँले अहिले यो सुविधा वेब भर्जनमा पाउनुहुने छैन।

यस फिचरका बारेमा जानकारी दिँदै मार्क जुकरबर्गले लेखेका छन्, ‘विन्डोजका लागि नयाँ ह्वाट्सएप एप लन्च गर्दैछौँ। अब तपाइँले यस एपको सहयोगमा ८ जनालाई एन्ड–टु–इन्ड इन्क्रिप्टेड भिडियो कल र ३२ जनालाई अडियो कल गर्न सक्नुहुन्छ।’

ह्वाट्सएपको स्वामित्व अब मेटासँग छ। मेटाका अनुसार अब ह्वाट्सएप पहिलेको तुलनामा डेस्कटपमा छिटो लोड हुनेछ। नयाँ एप्लिकेसन यस्तो इन्टरफेसमा तयार गरिएको छ कि विन्डोज र ह्वाट्सएप प्रयोगकर्तालाई फेमिलिएर बनाइएको छ।

मेटाले भन्यो, ‘नयाँ मल्टी–डिभाइस क्यापेबिलिटीको इन्ट्रोड्युस गर्छ। हामीले प्रयोगकर्ताको प्रतिक्रिया सुनेका छौँ र यसको लोडिङलाई गति दिन परिवर्तनहरु गरेका छौँ। नयाँ एपमा उपकरणको राम्रो सिन्किङ, लिंक प्रिभ्यू र स्टिकरजस्ता नयाँ सुविधा पनि उपलब्ध हुनेछन्।’

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटाले भन्यो कि यसले समयका साथ आफ्नो सीमालाई निरन्तरता दिनेछ। जसले गर्दा प्रयोगकर्ता सधैँ आफ्ना साथी र परिवारसँग सम्पर्कमा रहन सक्षम हुनेछन्। –एजेन्सी